सन्तोष थापा/पर्वत, २८ जेठ
बैदेशिक रोजगारीका शिलशिलामा प्रवासी जीवन बिताईरहेका अन्तराष्ट्रिय पर्बत समाजमा आबद्द पर्बतेलीहरूले पर्बतमा लाखौको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । केही दिन अघि १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको समाजले शुक्रबार मात्रै पर्बत जिल्लाको लागि ११ लाख बराबरको १२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।
समाजले बैदेशिक रोजगारीमा रहेका पर्बतेलीहरू सङ्गको सहकार्यमा उक्त सामग्री ब्यबस्थापन गर्न सहज भएको महासचिव गुणराज शर्मा पौडेलले जानकारी दिनुभयो । पर्बत समाजले सहयोग सङ्कलनका लागि हितकाजी गुरूङको सङ्योजकत्वमा बैठक आह्वान गरी आवश्यक निणर्य सहित समिति गठन गरेको थियो । बैठकले सुवास जोशि (सन्तोष) को संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेपछि सोही समितिको सक्रियतामा रकम संकलन गरी सहयोग गर्न सफल भएको महासचिव शर्माले बताउनुभयो ।
पर्बतबाट बैदेशिक रोजगारीमा आएका ब्यक्तिहरूले आफ्नो पसिनाको मुल्य जम्मा गरेर महामारीमा जिल्लामा सहयोग गरिएको समाजका प्रमुख संरक्षक हितकाजी गुरूङ्ले बताउनुभयो ।
समाजका प्रमुख संरक्षक हितकाजी गुरुङको संयोजकत्वमा कुल आचार्य, सुबाश जोशी ( सन्तोष), पुरन गिरि र गुण राज शर्मा (पौडेल) सदस्य रहेको बैठकले पर्वत जिल्लाका सात पालिकामा स्वास्थ्य सामग्री सहयोग गर्ने निणर्य गरेको थियो ।
आर्थिक संकलन समितिमा संयोजक जोशी सहित झलक केसी बेल्जियम, परशुराम पौडेल युएई, दिपिका भुषाल ईजरायल, ईश्वर जोशी-जापान, गोविन्द पौडेल अमेरिका, बाबुराम शर्मा अमेरिका र अन्तराष्ट्रिय पर्बत समाजका सदस्य तथा सस्थाका अध्यक्षहरु रहने समिति गठन गरिएको थियो ।
चीनमा अक्सिजन कन्सनट्रेटर मेसिन खरिदका अन्तर्राष्ट्रिय पर्बत समाजका संरक्षक महेश श्रेष्ठले समन्वय गर्नुभएको थियो भने चीनदेखि पर्वतसम्म पुर्र्याउनका राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो ।
सामग्री लिएर पर्वतसम्म आइपुग्नुभएका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले शुक्रबार पर्वतमा आयोजित कार्यक्रममा प्रवासीहरुको जन्मभूमि प्रतिको मायाको प्रशंसा गर्दै जन्मभूमि दुख्दा प्रवासीहरु एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले अन्तराष्ट्रिय पर्वत समाजले जन्मभूमि प्रति दर्शाएको सदासयताको कदर गर्दै माटोको माया जुनसुकै कुनामा गएपनि भुल्न नसकिने जिकिर गर्नुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका संरक्षक गोविन्द सुवेदीले पर्वतबाट प्रवासी जीवन विताइरहेका पर्वतेलीहरु दुःखमा सँधै एकजुट हुने गरेको स्पष्ट पार्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री लगायतको उपस्थिति रहेको थियो ।









