Friday, April 17, 2026
Okalat.com
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
Okalat
No Result
View All Result

कुश्माका सबै स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री वितरण

Okalat by Okalat
May 29, 2021
in Top News, अधिकार, जीवनशैली, समाचार
0
कुश्माका सबै स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री वितरण
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

पर्वत, १५ जेठ

पर्वतको कुश्मा नगरपालिकाले नगरका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । नगरका सबै स्वास्थ्य संस्थालाई कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्री वितरण गरेको जनाईएको छ ।
स्वास्थ्य संस्थामा कोरोना संक्रमणका बिरामीहरु समेत आउने गरेकाले विरामीहरु मार्फत स्वास्थ्यकर्मीलाई सुरक्षित राख्ने र एक व्याक्तिबाट अर्को व्याक्तिमा नसर्न उपयोगी मानिने सामाग्रीहरु नगरले वितरण गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले आवश्यकता र मागका आधारमा सामाग्री उपलब्ध गराईएको जानकारी दिए । उनका अनुसार कुश्मा नगरपालिका भित्रका १७ वटा स्वास्थ्य संस्थामा सामाग्रीहरु प्रर्याप्त मात्रामा उपलब्ध गराईएको छ ।
कुश्मामा एक जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र, नौ वटा स्वास्थ्यचौकी, तीन वटा शहरी स्वास्थ्य केन्द्र, तीन वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन् । ति स्वास्थ्य संस्थामा पीपीई, अक्सिमीटर, फेस शिल्ड, मास्क, सेनिटाईजर लगायतका सामाग्री स्वास्थ्य शाखा मार्फत वितरण भएका स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटाले बताए ।
ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा औषधीको अभाव रहेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यहाँ आवश्यक औषधीहरु उपलब्ध गराएको पनि सापकोटाले बताएका छन् । उक्त स्वास्थ्य केन्द्रमा औषधीको अभाव नभएपनि गाउँलेले घरघरै औषधी लगेर स्टक राख्न खोजेकाले स्वास्थ्यचौकीका प्रमुखले नमानेको हुनाले अभाव रहेको अर्थमा बुझ्न आएको पनि स्वास्थ्य शाखाले जनाएको छ । सरकारले दिने निशुल्क औषधीहरु सबै स्वास्थ्यचौकीमा रहेको पनि शाखाले स्पष्ट पारेको छ ।
गतवर्षको कोरोना संक्रमण फैलिएको बखत स्वास्थ्य संस्थामा बुट, थर्मल गन, चश्मा, गाउन , वासेवल पीपीई प्रयाप्त मात्रामा दिएकाले अहिले ति सामाग्रीहरुको अभाव नरहेको स्वास्थ्य शाखाका प्रमुख सापकोटाले जानकारी दिए । सिटामोल, एजिथ्रोमाईसिन, जीवनजल लगायतका औषधीको बजारमा अभाव रहेपनि स्वास्थ्य संस्थामा अभाव नरहेको दाबी गरिएको छ ।
कुश्मा नगरपालिकामा १७८ जनामा नयाँ भेरियण्ट सहितको कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित १४१ जना छन् । यो अवधिमा १५ जनाको निधन भएको छ भने ११८ जना निको भएका छन् । अहिले सम्म ७१० जनाको कोरोना परीक्षण भएको नगरले जनाएको छ ।

पत्रकार महासंघलाई सामाग्री वितरण

पर्वतको कुश्मा नगरपालिकाले कोरोना संक्रमणको महामारीमा फ्रण्टलाईनमा काम गर्ने पत्रकारका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । नगरपालिकाको तर्फबाट पर्वतका पत्रकारलाई वितरण गर्न मास्क, सेनिटाईजर, फेस शिल्ड, अक्सिमिटर लगायतका सामाग्री नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरिएको हो । कोरोना महामारीमा समाजलाई सूचना दिने पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए ।
नगरप्रमुख जोशीले शुक्रवार ति सामाग्री नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापालाई हस्तान्तरण गरेका हुन् । नगरपालिकाले जनताको सुरक्षा गर्दै आएको र पत्रकारहरुले खवरदारी गर्दै आएको बताउँदै जोशीले पत्रकारहरुलाई कार्यक्षेत्रमा सुरक्षित राख्न स्वास्थ्य सामाग्री दिईएको बताए । पत्रकार महासंघका अध्यक्ष थापाले नगरपालिका पत्रकारहरुको अभिभावक रहेकाले नगरले गरेको सहयोगका प्रति आभारी रहेको बताए । पत्रकारलाई नगरपालिकाले सेनिटाईजर, मास्क, फेसशिल्ड, अक्सिमिटर दिएको छ । महासंघका अध्यक्ष थापाले सबै पत्रकारलाई पुग्ने गरि सामाग्री वितरण गर्ने जानकारी दिएका छन् ।

Previous Post

आज अध्यादेशबाटै बजेट सार्वजनिक हुँदै, मतदाता तान्ने कार्यक्रम समेटिने सम्भावना

Next Post

अत्यावश्यक सामग्री विक्रि वितरण गर्ने पर्वतका १ सय ३१ व्यवसायीको कोरोना परिक्षण, ५ जनामा संक्रमण पुष्टि

Okalat

Okalat

Related Posts

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने
Top News

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने

April 14, 2026
स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन
Top News

स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन

April 8, 2026
प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन
Top News

प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन

March 31, 2026
हाम फालेर युवा बेपत्ता, आफन्तद्वारा राजमार्ग अवरुद्ध
Top News

हाम फालेर युवा बेपत्ता, आफन्तद्वारा राजमार्ग अवरुद्ध

March 31, 2026
पर्वतका उम्मेदवारको साझा एजेण्डा : बाँदर नियन्त्रणका लागि कानून संशोधन गर्ने प्रतिबद्धता
Top News

पर्वतका उम्मेदवारको साझा एजेण्डा : बाँदर नियन्त्रणका लागि कानून संशोधन गर्ने प्रतिबद्धता

March 3, 2026
आसन्न निर्वाचन : पर्वतमा ८२ मा नै ‘मिसन चौरासी’
Top News

आसन्न निर्वाचन : पर्वतमा ८२ मा नै ‘मिसन चौरासी’

February 3, 2026
Next Post
अत्यावश्यक सामग्री विक्रि वितरण गर्ने पर्वतका १ सय ३१ व्यवसायीको कोरोना परिक्षण, ५ जनामा संक्रमण पुष्टि

अत्यावश्यक सामग्री विक्रि वितरण गर्ने पर्वतका १ सय ३१ व्यवसायीको कोरोना परिक्षण, ५ जनामा संक्रमण पुष्टि

No Result
View All Result

Recent Posts

  • यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने
  • स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन
  • प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन
  • हाम फालेर युवा बेपत्ता, आफन्तद्वारा राजमार्ग अवरुद्ध
  • पर्वतका उम्मेदवारको साझा एजेण्डा : बाँदर नियन्त्रणका लागि कानून संशोधन गर्ने प्रतिबद्धता

Archives

  • April 2026
  • March 2026
  • February 2026
  • January 2026
  • November 2025
  • September 2025
  • August 2025
  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • January 2025
  • December 2024
  • August 2024
  • July 2024
  • June 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • October 2023
  • September 2023
  • August 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • October 2022
  • September 2022
  • August 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022
  • January 2022
  • December 2021
  • November 2021
  • October 2021
  • September 2021
  • August 2021
  • July 2021
  • June 2021
  • May 2021
  • April 2021
  • March 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • July 2020
  • June 2020
  • April 2020
  • March 2020
  • May 2019
  • April 2019
  • March 2019
Okalat

वकालत मिडिया प्रा. लि.

Emailः [email protected]

ठेगानाः कुश्मा नगरपालिका ६ लोकतन्त्रचोक कुश्मा पर्वत
कम्पनी दर्ता नं :- २६८८६९/०७८/०७९
सूचना विभाग दर्ता नं :- २९२९ - २०७८/७९

okalat.com को लागि

सन्चालक: सन्तोष थापा
९८५७६२८६६६
सम्पादक/प्रमुख सल्लाहकारः भोलानाथ शर्मा
९८५७६३००३२
सल्लाहकारः चन्द्रबहादुर क्षेत्री
९८५७६२३७०३

सोसल मिडिया

Recent News

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने

April 14, 2026
स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन

स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन

April 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2018 - 2026 Okalat.com Website Designed by Dhaulagiri IT

No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • हामो बारेमा

© 2018 - 2026 Okalat.com Website Designed by Dhaulagiri IT