पर्बत, कुश्मा नगरपालिका ११ सिल्मी रानीश्वाराका युवाहरूले चितुवाकाे बच्चाकाे उद्दार गरेका छन् । गाउमा केही दिन अघि देखि चितुवाले बाख्रालाई अाक्रमण गर्ने क्रम नराेकिएपछि स्थानीय जङ्गलमा बासस्थान खाेजि गर्दै जाने क्रममा उक्त बच्चा फेला परेकाे थियाे ।
बच्चा जङ्गलमा एक्लै रहेकाे अबस्थामा भेटिएपछि युवाहरूले उक्त बच्चालाई गाउमा नै ल्याएर अाहारा दिएपछि बासस्थान भएकाे स्थनमा छाडेका थिए । डिभिजन बन कार्यालय सङ्गकाे सुझाबका अाधारमा चितुवाकाे बच्चालाई जङ्गलमा नै छाडिएकाे युवा भरत क्षेत्रीले जानकारी दिए ।
डिभिजन बन कार्यालयका सहायक बन अधिकृत केशब पुडासैनीका अनुसार करिब २ महिना उमेर पुगेकाे बच्चा युवाहरूले नियन्त्रणमा लिएका र उक्त बच्चालाई नजिकैकाे जङ्गलमा नै लगेर छाड्न अनुराेध गरिएकाे बताए । यसरी नियन्त्रणमा लिएकाे बच्चा मानब समाजमा धेरै दिन बस्न नसक्ने र लुकिछिपी कसैले राख्न खाेजेपनि एक महिना भन्दा धेरै बाच्न नसक्ने उनले बताए । पछिल्लाे समय बन्यजन्तुकाे अबैध सिकार बढ्दै गएपछि हिङ्श्रक बन्यजन्तुहरू मानब समुदायमा प्रबेश गर्ने घटना बढ्दै गएका छन् ।









