श्रीमतीको हत्या गरेपछि बेपत्ता भएकाे भन्दै प्रहरीमा दिएको उजुरी । उनले निवेदन दिएकै दिन साँझ पूर्णकला मृत अवस्थामा भेटिएपछि मृतकका दाजु डकेन्द्र नेपालीले जिल्ला प्रहरी कार्यालय पर्वत समक्ष श्रीमान् तुलसे नेपालीलाई नै किटानी जाहेरी दिएका थिए ।…त्यसपछि मैले घाँटी कसेर मारेँ : तुलसे नेपाली
कात्तिक १३ गते । रातिको समय थियो । म मेरै दाजु नाता पर्नेको घरमा धान भित्र्यााउने काममा गएको थिएँ । दिनभरि काम गरेर बेलुका ८ बजेतिर घर फर्केपछि श्रीमती पूर्णकलाले दाइको घरमा काम गर्न किन गएको ? भनेर मलाई सोधिन् । त्यसपछि हामीबीच झगडा सुरु भयो । १३ वर्षीया छोरी ठूलीआमाको घरमा सुत्नका लागि गइसकेकी थिइन् भने ११ वर्षीय छोराले आफ्नो साथी लिएर घरमा सुत्न आएको थियो । छोरा र उसको साथी एउटा ओछ्यानमा सुते, हामी बुढाबुढी अर्को ओछ्यानमा सुत्ने तरखरमा थियौँ । झगडाकै निहुँ पारेर श्रीमती रातीको समयमा घरबाट बाहिरिइन् । एकछिनपछि म खोज्न भनेर निस्किँदा घरभन्दा केही पर झण्डै २० मिटर टाढा रहेको पानी ट्याङकीपछाडि उनी लुकेकी रहिछिन् । मलाई उनले देखेपछि भाग्न खोज्दा उनी पानी ट्याङकीको ढक्कनमा ठोक्किन पुगिन् र त्यही ठाउँमा लडिन् । श्रीमती लडेपछि मैले मदिरा सेवन गरेको झोकमा उनैले लगाएको लुङ्गी झिकेर उनको घाँटीमा बाधेँ । बाँधेपछि उनको परान गयो । फेरि म आफू जोगिने जुक्ति निकालेर त्यही बाँधेको लुङ्गी फुकाएर त्यही लुङ्गीले बोकेर घरबाट झण्डै तीन सय मिटर तल बारीको पाखोमा उनलाई फालेँ । फालेपछि फेरि त्यही लुङ्गीले उनको घाँटी कसेर घरमा आएर सुतेँ । त्यसपछि गाउँ समाज र माइती पक्षको डरले बेपत्ता भएको निहुँ बनाएर खोज्न निस्केको हुँ । श्रीमती पूर्णकलाको हत्या मैले नै गरेको हुँ । (प्रहरीसँगको कुराकानीमा आधारित)
छोरा–छोरीसहित मृतक पूर्णकला नेपाली ।घटना अनुसन्धानमा पोलिग्राफरको प्रयोग
किटानी जाहेरीका आधारमा प्रहरीले लामो समयसम्म अनुसन्धान गरे पनि तुलसे नेपालीले वास्तविक घटनाको बारेमा नखुलाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले पोलिग्राफरको समेत प्रयोग गरेको थियो । प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष श्रेष्ठका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको सहयोगमा पोलिग्राफर प्रविधि जिल्लामा भित्र्याएर त्यसको प्रयोग गरेको बताउनुभयो ।
‘पोलिग्राफर प्रविधिले पूर्णरुपमा आरोपित प्रमाणित नगरे पनि अनुसन्धानमा राम्रो सपोर्ट भएको हो’, श्रेष्ठले भन्नुभयो, ‘पोलिग्राफरमा साँचो बोलेको र झुट बोलेको भन्ने कुरा जाँच्न सकिने र तुलसे नेपालीलाई परीक्षण गर्दा समेत झुट बोलेको प्रविधिले देखाएपछि हामीलाई थप साेधपुछमा सहयोग पुग्यो ।’ श्रेष्ठका अनुसार घटना भएको १२ औँ दिनमा मात्रै तुलसे नेपालीले श्रीमती पूर्णकलाको हत्या आफैले गरेको स्वीकारेका हुन् ।
प्रहरी समक्ष घटनाको विवरण बताएपछि र घटनास्थल, शवको प्रकृतिसहितको मुचुल्का प्रतिवेदन हेर्दासमेत मिल्न गएपछि प्रहरीले तुलसेलाई कर्तव्य ज्यान मुद्दामा पर्वत जिल्ला अदालतमा पेस गरेको हो । पर्वत जिल्ला अदालतको १० मङ्सिरको आदेशले आरोपित तुलसे नेपाली मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
आरोपित पुर्पक्षका लागि कारागार चलान भएपछि घटनाको अनुसन्धान प्रभावकारी भएको र आफूहरु अनुसन्धानमा सफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्वराज अधिकारीले बताउनुभयो । गहिरिएर अनुसन्धान गरेकै कारण दोषी पत्ता लागेको उहाँले बताउनुभयो ।
उज्यालाेअनलाईनबाट








