पर्वत, २८ भदौ
पर्वतको मोदी र जलजला गाउँपालिकामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । मोदी वडा नं १ भूकमा चितुवाको आक्रमणमा परि एक बृद्ध घाइते भएका भने जलजला गाउँपालिका ५ लेकफाँटको सुन्दर डाडामा दुई जना घाइते भएका छन् ।
जंगलमा भैसी चराउन गएको बेला आइतबार बिहान १० चितुवाको आक्रमणमा परेर भूक देउरालीका ७४ बर्षिय बुद्धिबहादुर गुरुङ्ग घाइते भएका हुन् । त्यस्तै लेकफाँटमा शनिबार राती २ बजे घरमै बसेको अबस्थामा चितुवाले आक्रमण गर्दा ३३ बर्षिय नरबहादुर केसी र ४५ बर्षिय थलबहादुर खत्री घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घरबाट नजिक जंगलमा भैसी चराउन गुरुङ्गलाई एक्कासी चितुवाले आक्रमण गर्दा घाइते भएका थिए । घाइते गुरुङ्गलाई कास्कीको नयाँपुल स्थित मेडिकलमा उपचार गरि थप उपचारका लागि पोखरा पठाइएको छ भने जलजला ५ का घाइते भएका नरबहादुर केसी र थलबहादुर खत्रीलाई बेनी अस्पताल म्याग्दीमा उपचारका लागि लगिएकोमा खत्रीलाई उपचार पश्चात् घर पठाइएको छ र केसीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।









