२०७६ चैत २२ शनिबार
नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको फेला परेको छ । याेसँगै देशमा कोरोना संक्रमित हुनेको संख्या ९ पुगेको छ ।
काेराेना संक्रमण पुष्टि भएकामा भारतकाे मुम्बईबाट फर्केका २१ वर्षीय युवा, भारतकाे उत्तराखण्डबाट फर्केका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला भएकाे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।
कैलाली घर भएकी महिलाकाे परिवारमा यस अघि एक जना पुरूषमा काेराेना संक्रमणा देखिएकाे थियाे ।
नयाँ पत्रिकाबाट









