पर्बत, १ चैत
पर्बतकाे कुश्मा नगरपालिका ३ दुर्लुङमा सञ्चालित चनाैटे सामुदायिक हाेमस्टेले गाउमा पाहुना भित्रिन राेक लगाएकाे छ । काेराेनाभाइरसकाे बिश्वब्यापी महामारी सँगै पुर्ब सतर्कता अनुरूप हाेम स्टेमा पाहुना जान राेक लगाएकाे हाे ।
एक साता अघि जिल्ला प्रशासन कार्यलय पर्बतले सभा, समाराेह गर्न र परिबारका सदस्यबाहेक अन्य ब्यक्तिहरू सामुहिक रूपमा बस्नराेक लगाएपछि हाेमस्टे सेवा समेत बन्द गरिएकाे हाेमस्टे सञ्चालक गाेलमान गुरूङले जानकारी दिनुभयाे ।
शुक्रबार र शनिबार बिशेष गरी बढि पाहुनाहरू अाउने गरेकाे र काेराेनाकाे प्रभाबले नियमितता दिन नसकिएकाे गुरूङले बताउनुभयाे ।दुर्लुङमा क्यानाेनिङ खेल हेर्न र खेल्नका लागि अान्तरिक पर्यटकहरू त्यहा पुग्ने गरेका छन् । साे सङ्गै त्यहाँ पुगेका पाहुनाहरू हाेमस्टेमाबसेर गुरूङ संस्कृतिमा रमाएर फर्किने गरेका छन् ।
दुर्लुङकाे चनाैटे सङ्गै माेदी गाउपालिका ८ चित्रेमा सञ्चालित पञ्चकाेशी हाेमस्टेमा पनि पाहुना भित्रिन राेक लगाईएकाे छ ।
उज्यालाेबाट









