होली पर्व विधिवत् रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा चीर ठड्याएसँगै होली सुरु भएको मानिन्छ ।
यद्यपी रंगहरुको यो उत्सवको उत्कर्ष भने बाँकी नै छ । साता दिनपछि रंगहरुको उत्सवले राजधानी लगायतका गाउँ-शहरलाई रंगीन बनाउनेछ । होली सप्तरंगी पर्व हो, जसले जीवनमा बेग्लै उत्साह, उमंग संचार गराउँछ ।
आफन्त, चिनेजानेका, साथीभाई, नातेदारवीच रंग दलेर खुसीयाली साट्ने मेलो हो यो । तर, अहिले होली भड्किलो बन्दैछ । साथै यसको वास्तविक मर्म र महत्वलाई पन्छाएर जथाभावी भद्दा मनोरञ्जन गर्न थालिएको छ । त्यसैले त होलीको बेला प्रहरी-प
शासनले उच्छृंखलता बढ्न नदिन थप सर्तकता अपनाउने गर्छ ।
होलीका क्रममा निकै दुःखदायी घटना पनि घट्ने गरेका छन् । होला खेल्ने क्रममा छतबाट लडेर कतिले ज्यान गुमाएका छन् । त्यसैगरी होलीमा प्रयोग गरिने रसायनयुक्त रंगहरुको प्रयोगले कतिको अंगभंग भएको छ । होलीमा हानिकारक रसायन प्रयोग गर्दा त्यसले मिर्गौला लगायत शारीरिक अंगमा हानी पुग्ने पनि बताइन्छ ।
तर, कति अभिभावक, बालबच्चा, तन्नेरीलाई यी कुरामा ख्याल हुन्न । यही कारण उनीहरुको लागि होली एक जोखिम बनेर आउनसक्छ ।
होलीमा होशियारी









