पर्वत, २५ असोज
पर्वत जिल्लाको कुश्मा नगरपालिकामा भदाै २४ गते राति १०:०० बजेदेखि अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जारी आदेशअनुसार पूर्वतर्फ वडा नं ७ को तमादी खोला, पश्चिमतर्फ वडा नं ४ को छमर्के , उत्तरतर्फ वडा नं ३ को गोदाम र दक्षिणतर्फ वडा नं ५ को मोदीखोला डिलसम्म कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, बैठक तथा भीडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले उक्त क्षेत्रभित्र निषेधाज्ञा पालना गर्न सबैलाई आग्रह गरेको छ। याे सुचना जिल्ला प्रहरी कार्यालय पर्बतले अाफ्नाे सामाजिक सञ्जालमा राति १:१५ बजे सार्बजनिक गरेकाे छ भने सुरक्षा सयन्त्रकाे मुख्य निकाय जिल्ला प्रशासन कार्यालयले तत् समय सम्म सामाजिक सञ्जालमा कुनै पनि जानकारी उपलब्ध गराएकाे छैन ।









