पर्बत ४ चैत
जिल्ला प्रहरी कार्यालय, पर्वत अन्तर्गत इलाका प्रहरी कार्यालय, हुवासमा कार्यरत प्रहरी निरीक्षक निर बहादुर बाँनिया “फागुन महिनाको उत्कृष्ट प्रहरी” घोषित भएका छन्।
बाँनियाले विभिन्न आपराधिक गतिविधिमा संलग्न रही अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय पर्बतले सम्मानित गरेकाे हाे ।
उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले बाँनियालाई “२०८१ साल फागुन महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषणा गरी नगद पुरस्कार तथा प्रशंसा पत्रद्वारा सम्मान गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, पर्वतले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृतहरूलाई हौसला प्रदान गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।









