पर्वत, २ असोज
नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने कार्यक्रम अनुरुप पर्वतमा पनि असोज २, ३ र ४ गते विविध कार्यक्रम साथ मनाउने निणर्य भएको छ । संविधान दिवस मनाउने छलफलका क्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम विक र प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य सहित बसेको सर्वपक्षीय बैठकले संविधान दिवस विविध कार्यक्रमका साथ तीन दिन मनाउने निणर् गरेको हो ।
जस अनुसार असोज २ गते जिल्ला स्थित सम्पूणर् सरकारी कार्यालयm सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरुलाई राष्ट्रिय झण्डाको साजसज्जा सहित सरसफाई गर्ने, सोही दिन सँगै ३ र ४ गते सरकारी कार्यालय तथा सार्वजनिक महत्वका स्थलहरुमा दिपप्रज्वलन गर्ने निणर्य भएको छ । यो कार्यका लागि पर्वत उद्योग बाणिज्य संघलाई सहजीकरण गर्ने निणर्य भएको छ । त्यसतै असोज ३ गते लोकतान्त्रिक चोकमा विहान ७ बजे जम्मा भई शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्र्यापण गरेर प्रभातफेरि सञ्चालन गर्ने र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, त्यसै गरी सोही दिन संविधानका मर्म र कार्यान्वयनका विषयमा विभिन्न व्यक्तिहरुसँग परिसंवाद सञ्चालन गर्ने र उक्त कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघले गर्ने समेत निणर्य भएको छ ।
संविधान दिवस मनाउनका लागि बनेको मुल समारोह समितिले जिल्लाका सम्पूणर् धार्मिक तथा पर्यटकीय स्थलहरुमा दिप प्रज्वलन गरेर हर्षोउल्लास मनाउन समेत अनुरोध गरेको छ ।









