पर्वत, ४ मंसिर
नेपाल पत्रकार महासंघ पर्वतले मतगणनाको खबर संकलनमा सहजता ल्याउने उद्देश्यले मिडिया सेण्टर सञ्चालनमा ल्याएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतको सहकार्यमा महासंघले मतगणना स्थलमा नै मिडिया सेण्टर सञ्चालनमा ल्याएको हो ।
सञ्चारकर्मीलाई सत्य तथ्य खबर संकलनका लागि सहज होस् भन्ने उद्देश्यले मिडिया सेण्टर सञ्चालनमा ल्याएको नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । मिडिया सेण्टरमा इन्टरनेटको सुविधा सँगै, कम्प्युटर, तातो चिसो खानेपानी लगायतको व्यवस्था गरिएको छ । विगतका निर्वाचनहरुमा सञ्चारकर्मीलाई खबर संकलनमा असहज भएको गुनासो आएपछि महासंघले यस पटक मिडिया सेण्टर सञ्चालनमा ल्याएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले हरेक अपडेट खबरहरु मिडिया सेण्टर मार्फत नै सर्वसाधरण समक्ष पु¥याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।









