पर्वत १ कार्तिक
जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३५ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि समितिले ७४ मतदान स्थल मध्ये ३५ वटालाई अति सम्बेदन शिल सुचीमा बर्गिकरण गरेको हो ।
विगतमा भएका निर्वाचन र स्थानीय तहको पछिल्लो निर्वाचनलाई समीक्षा गर्दै पर्बतका ७४ ओटा मतदान स्थलमध्ये समितिले ३५ वटा मतदान स्थललाई अति संवेदनशील , ३१ वटा मतदान स्थललाई संवेदनशील र ८ वटा मतदानस्थललाई सामान्य सूचीमा राखेको हो ।
स्थानीय तहको निर्वाचनमा जिल्लामा भएका राजनितिक गतिबिधि, निर्वाचन बहिष्कार गर्ने समुह रहेको क्षेत्र, भौगोलिक स्थिति , सञ्चार र सडकको सुलभताको अवस्थालाई आधार बनाएर बर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले बताउनु भयो ।जिल्ला प्रहरी कार्यालय पर्बतका डिएसपी मधुसुदन न्यौपानेले निर्वाचनमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताउनुभयो । निर्वाचनका लागि जिल्लामा ७४ मतदान स्थलमा १ सय ४८ केन्द्र तोकिएका छन् ।






