पर्वत, १ पुस ।
२१ बर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्वत जिल्ला मोदी गाउँपालिका वडा नंं. ८ चित्रेका २१ बर्षिय जितेन्द्र नेपालीलाई गिरफ्तार गरेको छ ।
०७८ मंसिर २८ गते मंगलबार राती युवतीको घरमा नैै पुगेर बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले नेपालीलाई मंसिर २९ गते उनकै घरबाट गिरफ्तार गरेको हो ।
पिडित युवतीले २८ गते राति नै प्रहरीलाई मौखिक उजुरी गरेपछि तत्काल प्रहरीले पिडित महिलालाई पर्वत अस्पतालमा ल्याई स्वास्थ्य परीक्षण गराएको थियो भने आरोपित युवालाई २९ गते गिरफ्तार गरेको हो ।
आरोपित युवालाई सरकारी वकिल कार्यालय पर्वत मार्फत जबर्जस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले जानकारी दिए ।





