पर्बत २६ असाेज
पर्बत कारागारमा बन्दी जीबन बिताईरहेका फलेवास नगरपालिका ७ लिमिठानाका ५९ बर्षिय दुर्गाराज पाण्डेले कारागार भित्रै झुण्डिएर अात्महत्या गरेका छन् । २०७८ बैशाख २ गते ७ बर्षिय बालिकालाई बलात्कार गरेकाे अाराेपमा पर्बत जिल्ला अदालतबाट बैशाख २३ गते पुर्पक्षका लागि थुनामा रहेका पाण्डेले २०७८ असाेज २६ गते बिहान सवा ६ बजेकाे समयमा कारागार प्रशासन भित्रै रहेकाे अाईसाेलेसन भबनमा झुण्डिएर अात्महत्या गरेका हुन् ।
उनकाे मृत्युपछि प्रहरी मानबअधिकारकर्मी, प्रशासन जनप्रतिनिधि र परिबार जनकाे उपस्थितिमा सबकाे पाेष्मार्टम गरी परिबारजनलाई बुझाईएकाे सहायक प्रमुख जिल्ला अधिकारी बिमल गाैतमले जानकारी दिनुभयाे । कारागारका नाईके शुशिल क्षेत्रीका अनुसार पाण्डे केही दिन देखि परिबारजनले भेट्न नअाएकाे भन्दै नैराश्यता ब्यक्त गर्दै अाएका थिए । असाेज २२ गते सामान्य रूघाखाेकी पश्चात पर्बत अस्पतालमा उनकाे स्वास्थ्य परीक्षण भएकाे कारागार प्रशासनले जनाएकाे छ ।









