पर्वत, २८ साउन
१६ बर्षिय छोरीलाई बलात्कार गरेको आरोपमा पर्वतको जलजला गाउँपालिका २ व्यक्तिलाईलाई प्रहरीले पक्राउ गरेको छ । जलजला गाउँपालिका ७ धाइरिङका ५० बर्षिय बाबु र ३० बर्षिय काकालाई जिल्ला प्रहरी कार्यालय पर्वतले गत मंगलबार पक्राउ गरेको हो ।
पिडित बालिकालाई आफ्नै वावुले गत जेठ ०७ गते र काकाले यही साउन २३ गते जबरजस्ती करणी गरेको भनी पिडितको दाजुले जिल्ला प्रहरी कार्यालय पर्बतमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले दुबै आरोपितलाई निजकै घरबाट साउन २६ गते गिरफ्तार गरेको हो ।
प्रहरीले साउन २७ गते पर्वत जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दा शिर्षकमा दश दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । पिडित बालिका तत्काल घरमा पुनःस्थापित हुने अवस्था नभएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको समन्वयमा सुरक्षित घरमा राख्नका लागि पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।









