पर्वत । कोरोना उपचारका लागि आवश्यक सुरक्षा कबजका सामाग्रीहरु पर्वत अस्पतालमा आइपुगेका छन । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार ५० थान पिपिइका सामाग्रीहरु पर्वत आइपुगेका हुन । प्रर्सनलल प्रोटेक्ट इक्यूमेण्टका ५० थान सामाग्री पर्वत आएको डा. देवकोटाले जानकारी दिए । संक्रमणको सम्भावना भएकाहरुको स्वाब परिक्षणका लागि ¥याल निकाल्नका लागि पिपिइको अभाव हुँदै आएको थियो । संक्रमणको सम्भावना भएको कोरोना अस्पतालमा भर्ना भएकाहरुलाई उपचार गर्न समेत सुरक्षणका साधन नहु्ँदा चिकित्सकले समस्या वेहोर्दै आइरहेका थिए । ५० थान पिपिइ यथेष्ट नभए पनि हालका लागि केहि राहत मिलेको चिकित्सकहरुको भनाई छ । कोरोना अस्पतालका लागि बाँकी इक्यूमेण्टहरुको भने अभाव रहदै आएको छ । भेन्टिलेटर खरिद प्रक्रिया रोखिएको छ । अक्सिजन र अरु सामग्रीहरु समेत खरिद गर्न आर्थिक समस्या परेको बताइन्छ । स्थानीय तहहरुले यथेष्ट रकम विनियोजन गर्न नसक्दा कोरोना अस्पताललाई सुविधासम्पन्न बनाउन समस्या भइरहेको चिकित्सकहरु बताउँछन ।







