पर्वत २६ भदाै
जिल्ला कारागार पर्वतबाट फरार भएका कैदीबन्दीलाई नजिकको प्रहरी कार्यालयमा गई स्वेच्छिक रूपमा आत्मसमर्पण गर्न आग्रह गरिएको छ।
देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारबाट फरार भएका ती कैदीलाई स्वेच्छिक आत्मसमर्पण गर्न अनुराेध गरिएको जिल्ला प्रहरी कार्यालय पर्बतका प्रहरी नायब उपरीक्षक रबिन बिष्टले बताउनु भयाे । प्रहरीका अनुसार समयमै आत्मसमर्पण नगरे आवश्यकताको आधारमा बल प्रयोग गरी नियन्त्रणमा लिइने चेतावनी समेत दिइएको छ।
प्रहरीले यसरी फरार रहेका ब्यक्तिहरू कहीकतै देखेकाे अबस्थामा प्रहरीलाई खबर गरेर सहयाेग गर्न समेत सर्बसाधरण समक्ष अनुराेध गरेकाे छ ।
पर्बत प्रहरीले २५ गते मात्रै कास्की कारागारबाट फरार भएका ५ जना कैदि बन्दिलाई नियन्त्रणमा लिएकाे छ ।







