पर्वत, १ असार
जिल्ला प्रहरी कार्यालय पर्वतले शुरुवात गरेको मासिक उत्कृष्ट प्रहरी पुरस्कृत अभियान अन्तर्गत बैशाख महिनाको मुल्याङकनमा पूर्णिमा थापा उत्कृष्ठ प्रहरी घोषित भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा शाखा प्रमुखको रुपमा कार्यरत प्रहरी नायव निरीक्षक थापाले जेठ महिनामा कार्य सम्पादनमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको हो ।
थापाले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट घरेलु हिंसाका उजुरीमा पिडीतहरूको उचित न्याय, हराएका महिला बालबालिका तथा जेष्ठ नागरिक खोजतलास कार्यमा सम्बन्धित परिवासंग समन्वय गरी उल्लेखनीय रुपमा खोजतलास गर्न सफल भएको, लघू सचेतनामुलक कार्यक्रमका कार्ययोजनाको तय गरी प्रभावकारी परिचालन गराएको, बिगतको भन्दा सामुदायिक साझेदारी कार्यक्रमलाई तिब्रता दिएको, स्थानिय तह–प्रहरी–बिद्यालय सम्पर्क कार्यक्रम पुस्तिका २०८१, आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लैंगिक हिंसा नियन्त्रण, सञ्जाल गठन तथा कार्यालय संचालन विधि २०७८ अनुसारका समितिहरु, जिल्ला, पालिका तथा वडा स्तरमा प्रभावकारी रुपमा कार्यान्वय गर्ने तर्फ समन्वयकारी भूमिका खेली सबै पालिकाहरुमा सम्पन्न भएको, संवेदनशिलतालाई प्राथामिकतामा राखि सेवा प्रदान गर्दै भन्दै उक्त सम्मान गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताउनुभयो ।
थापालाई जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टद्वारा “२०८२ साल बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान प्रदान गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतले गत बर्ष देखि नै कार्य सम्पादन तथा मुल्याङकनका आधारमा हरेक महिना एक जना प्रहरीलाई सम्मानित गर्दै आएको छ ।









