पर्वत, १७ फागुन
कालीगण्डकी नदी किनारमा बालुवा संकलन गरेर जिविकोपार्जन गर्दै आएका पर्वत र बाग्लुङका माझी तथा बोटे समुदायले पहिलोपटक नदिको पुजा गरि लदि पर्व छन । कुश्मा नगरपालिका १ मालढुङगा र बाग्लुङमा बसोबास गर्ने माझी समुदायले सयुंक्त रुपमा कालीगण्डकी नदिको पुजा गरेर लदि पर्व मनाएका हुन ।
लोपोन्मुख माझी तथा बोटे समुदायको मुख्य पेशा नदीमा माछा मारेर जिविकोपार्जन गर्ने हो । त्यसैले माझि तथा बोटे समुदायले नदिको पुजा गरेर आफ्नो पेशाको सम्मान झल्काएको बताएका छन । कुश्मा नगरपालिकाको प्रमुख रामचन्द्र जोशीले प्रमुख अतिथिको रुपमा सहभागी भै माझिबोटे समुदायको परम्परागत पेशा संरक्षण गर्न र अन्य बैकल्पिक पेशा पनि अगाल्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । विभिन्न समुदायका परम्परागत पेशा आधुनिक समाज संगै परिवर्तन भएको भन्दै जोशीले माझिबोटे समुदाय लाई पनि परम्परागत पेशा सगै दिगो आर्थिक उपार्जनको पेशामा आवद्ध हुन आव्हान गर्नुभयो । सधैं भरी नदि किनारमा बसेर बालुवा चाल्ने मात्रै नभै अन्य आधुनिक पेशामा फड्को मार्ज जोशीले सुझाव दिनुभयो ।
माझी समुदायका अधिकारकर्मीहरुले अन्य जातजातिको पर्वहरुमा नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको भएपनि माझी समुदायलाई बेवास्ता गरेको गुनासो गरेका थिए ।
पछिल्लो समय आफुहरुले बालुवा संकलन गरेर जिविकोपार्जन गर्दै आएपनि सरकारले उक्त कार्यलाई समेत बन्द गरिदिएपछि आफुहरु समस्यामा परेको मालढुंगाका स्थानीयबासी बलबहादुर माझीले गुनासो गर्नुभयो ।
पर्वत जिल्लाको जनसंख्या १ लाख ३२ हजार मध्ये ० दशमलव ७ प्रतिशत अर्थात ९ सय ८० मात्रै माझी समुदायको बसोबास रहेको छ । पर्वतमा विशेष गरी कालीगण्डकी नदी किनारको मालढुंगा र विहादी गाउँपालिकाको इमिचौरमा माझी समुदायको बसोबास रहँदै आएको छ ।

कार्यक्रममा उपप्रमुख स्वस्थानी रिजालले माझी तथा बोटे समुदायको जिविकोपार्जन रक्षाका लागि नगरपालिका तयार रहेको बताउनुभयो । रिजालले लोपोन्मुख पेशा जोगाउन आवश्यक सहयोग गरिने घोषणा गर्नुभयो । कार्यक्रममा कुश्मा १ पाङका वडाध्यक्ष खगराज पौडेल, कुश्मा नगरपालिका २ का वडाध्यक्ष लालकृस्ण शर्मा ,नेपाल पत्रकार महासङग पर्वतका अध्यक्ष सन्तोस थापा , माझी महिला उत्थान संघका कोसाध्यक्ष सुनिता माझी, कुश्मा नगरपालिकाका जिन्सी शाखा प्रमुख बालकृष्ण शर्मा, माझी समुदायका गुरु बालकृष्ण माझी तथा स्थानीय तहका वडा सदस्यहरु लगायत सहभागी हुनुभएको थियो । नेपाल माझी बोटे उत्थान समाज कुश्मा नगर र नेपाल माझी महिला उत्थान संघ बाग्लुङको आयोजना र कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा नदि पुजा कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा माझी समुदायका अगुवा सहभागी हुनुभएको थियो । नेपाल माझी महिला उत्थान संघ बाग्लुङका अध्यक्ष अन्जली माझिको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन नेपाल माझी बोटे उत्थान संघ पर्वतका अध्यक्ष बलबहादुर माझीले गर्नुभएको थियो भने स्वागत जिल्ला माझी बोटे उत्थान संघका सदस्य सरु माझिले गर्नुभएको थियो ।










