सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ । डा. पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् भने गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
आज विस्तार हुने मन्त्रिमण्डलमा पदम गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् । लगातार दोश्रो पटक प्रतिनिधि सभा सदस्य बनेका उनी पर्वत जिल्लाबाट फुल क्याविनेट मन्त्री बन्ने पहिलो राजनीतिज्ञ हुन् । उनी एमाले केन्द्रीय सदस्य समेत हुन् ।
पञ्चायत कालको शुरुवाती चरणमा मोदी गाउँपालिका अन्तर्गत देउराली लाङ्दीका गणेश बहादुर गुरुङ २०२२/०२३ सालमा राज्यमन्त्री बनेका थिए । त्यसको केही वर्षपछि सोही भूगोलका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायक मन्त्री भएका थिए भने पञ्चायतकालमै २०३१ सालमा हालको जलजला ४, मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल राष्ट्रिय पञ्चायत सदस्य बने । सो कार्यकालमा उनले खासै ठूलो भूमिका पाउन सकेनन् तर पुनः दोश्रो कार्यकाल चुनाव जितेपछि भने २०३९ सालतिर यातायात राज्यमन्त्री बन्न सफल भए ।
यसैगरी २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यका रुपमा पर्वतबाट प्रतिनिधित्व गरेका क्षेत्रबहादुर गुरुङ त्यसको केही पछि पर्वत जिल्लाबाट केन्द्र सरकारमा सहायक यातायात मन्त्रीको रुपमा जिम्मेवारी वहन गर्न सफल भएका थिए भने पर्वत फलेवास ६ देविस्थानकै डिल्लीराज पौडेल भूमीसुधार सहायक मन्त्री बन्न सफल भएका थिए । उनले २०५६ को चुनावमा एमालेका मोती पौडेललाई चुनावमा पराजित गरेर केन्द्रको यात्रा तय गरेका थिए । यसपटक प्रचण्ड नेतृत्वको सरकारमा पर्वतका पदम गिरीले फुल क्याविनेट मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
को हुन् गिरी ?
नाम ः पदम गिरी
आमा ः सिता गिरी
बुवा ः स्व. बेल गिरी
जन्म स्थान ः पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ
औपचारिक शिक्षा प्रारम्भ ः श्री काफल चौर मावि दुर्लुङ
शिक्षा ः स्नाकोत्तर तह (पृथ्वीनारायण क्याम्पस पोखरा)
राजनीतिक यात्रा ः
– २०४६ सालमा अनेरास्ववियू पाँचौको संगठित सदस्य
– काफल चौर मावि दुर्लुङमा २०४८ सालमा प्रारम्भिक कमिटिको सचिव हुँदै प्रारम्भिक कमिटिको अध्यक्ष
– २०५० मा पृथ्वी नारायण क्याम्पसमा अनेरास्ववीयू पर्वत पोखरा सम्पर्क कमिटिको अध्यक्ष
– २०५५ सालमा अनेरास्वीयू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटिको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनिएनको सदस्य
– २०५७ मा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटिको अध्यक्ष
– अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य
– अनेरास्ववियू केन्द्रिय सदस्य
– २०५९ को स्ववियू निर्वाचनमा पुनः दोस्रो पटक उप समिति
– २०५९ माघ १९ को साही कु को विरुद्धमा मुलकुकमा सवै भन्दा पहिलो पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गदै भएको विरोध प्रदर्शनको नेतृत्व
– २०५९ साल माघ २० गते तत्कालीन शाही सेनाको नियन्त्रणमा .
– २०६२ सालको स्वतन्त्र विद्यार्थी यूनिएन निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखरामा सभापति निर्वाचित
– अनेरास्ववीयूको १९ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवालयमा निर्वाचित भई स्ववियू परिचालन विभागको प्रमुख
– नेकपा एमाले पर्वतको सातौं जिल्ला अधिवेशनबाट सदस्य पदमा निर्वाचित भई युवा फाँट प्रमुखको जिम्मेवारी
– नेकपा एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित
– २०७४ सालको मंसीर २१ गते भएको आम निर्वाचनमा पर्वत जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित
– नेकपा एमाले र माओवादी केन्द्र एकता भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला अध्यक्ष
– नेकपा एमाले दशौं महाधिवेशन पछि केन्द्रिय सदस्य तथा पर्वत जिल्ला सह-इन्चार्ज
– प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा दोस्रो पटक पर्वत जिल्लाबाट निर्वाचित
भ्रमण ः
अमेरिका, बेलायत, युएई, भारत
सम्पर्क
मोवाइल ः ९८५६०३५०८८ इमेल [email protected]