पर्वत, ५ मंसिर
पर्वतमा मतगणनाका लागि सर्वपक्षीय बैठक बस्दैछ । निर्वाचन सम्पन्न भएपश्चात् मंसिर ४ गते राती १२ बजेसम्म सवै स्थानको मतपेटिका मतगणना स्थलमा आइसके पश्चात् सर्वपक्षीय बैठक बसेर मत गणनाको तयारी गरिएको हो ।
विहान ७ बजे सर्वपक्षीय बैठकका लागि पत्राचार गरेपनि विहान ८ः ४० बजे मात्रै सर्वपक्षीय बैठक शुरु भएको छ । बैठकमा विहान १० बजेदेखि मतगणना गर्ने गरी छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रबक्ता राजु ढुंगानाले जानकारी दिनुभयो ।
४ गते राती देखि नै मतगणना कार्य शुरु गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय तथा कर्मचारी व्यवस्थापन गरेपनि मतपेटिका आउन ढिला भएका कारण आज गणना गर्ने तयारी गरिएको हो ।
यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको छ । पर्वतको कुल मतदाता संख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ मत खसेको हो ।







