पर्वत, ३० असार
महामारीको समयमा आफु जन्मेको ठाउँ प्रभावित भएपछि पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा जन्मिएका प्रवासीहरुले गाउँको स्वास्थ्य चौकीलाई सहयोग गरेका छन् । दुर्लुङमा जन्मिएर हाल रोजगारको सिलसिलामा बेलायतमा बस्दै आएका दुर्लुङबासी प्रवासीहरुले १ लाख ६० हजार भन्दा बढी रकम सहयोग गरेका हुन् ।
कोरोना महामारीका कारण दुर्लुङ गाउँ समेत प्रभावित भएपछि बेलायतमा बस्दै आएका कणर्कुमारी गुरुङ, क्याप्टेन जीवन कुमार गुरुङ – दुर्गादेवी गुरुङ, हनेरी क्याप्टेन जयप्रसाद गुरुङ – कुमारी गुरुङ, भगतप्रसाद गुरुङ – सत्यादेवी गुरुङ, खेमबहादुर गुरुङ – भद्रकुमारी गुरुङ, कविता (कुलराज) गुरुङ – सरस्वती गुरुङ, धरमबल गुरुङ – विजयता गुरुङ, निरज गुरुङ- मेनुका गुरुङ र सुर्यबहादुर गुरुङ – उमा आशा गुरुङले १ लाख ६० हजार ७ सय ३४ रुपैँया सहयोग उपलब्ध गराउनुभएको हो ।
उक्त रकमबाट ५५ हजार बराबरको स्वास्थ्य उपकरण सामग्री समेत खरिद गरिएको र १ लाख ५ हजार रुपैँया विपद् व्यवस्थापन कोषमा राख्नका लागि सहयोग प्राप्त भएको कुश्मा नगरपालिका ३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताउनुभयो । उक्त रकम सहयाेगदाताकाे तर्फबाट शङ्कर गुरूङ र रामबहादुर गुरूङले हस्तान्तरण गर्नुभएकाे थियाे भने वडाध्यक्ष पाध्या र स्वास्थ्य चाैकीका ईञ्चार्ज सुरेश सुबेदीले ग्रहण गर्नुभएकाे थियाे ।
रकम ग्रहण गर्दै वडाध्यक्ष पाध्याले सहयाेगदातालाई धन्यबाद ज्ञापन गर्नुभएकाे थियाे । स्वास्थ्य उपकरण खरिदका लागि पोखरा निवासी बिकास गुरूङले समन्वय गर्नु भएको थियो । पाेखरामा रहनु भएका गुरूङले दुर्लुङ स्वास्थ्य चाैकीका लागि समेत २५ हजार नगद सहयाेग गर्नुभएकाे थियाे । स्वास्थ्यको क्षेत्रमा दुर्लुङबाट प्रवासी जीवन बिताइरहनुभएका व्यक्तिहरुले ठुलो मात्रामा सहयोग गर्दै आएको दुर्लुङ स्वास्थ्य चौकीका सह इञ्चार्ज बालकृष्ण पौडेलले बताउनुभयो ।
स्वास्थ्य चौकी इञ्चार्ज सुरेश सुवेदीले प्रवासीहरुले उपलब्ध गराएको सहयोगले दुर्लुङबासीहरुको स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग भएको बताउँदै सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो l







