पर्वत, २१ चैत
पर्वत, २१ चैत । जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारी प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उनको सरुवा सँगै पर्वतको प्रहरी प्रमुखमा श्यामु अर्याललाई खटाइएको छ ।
प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को विहिबार काज सरुवा गरेको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय चितवन टाँडीका इन्चार्ज डीएसपी दयानिधि ज्ञवालीलाई पनि प्रहरी प्रधान कार्यालयमा पठाइएको छ । डिएसपी ज्ञवाली आफैले हेडक्वाटरमा सरुवा माग गरेका थिए ।
तिवारी र ज्ञवाली यअसघि भएको प्रहरी उपरीक्षक (एसपी) बढुवामा छुटेका थिए । टाँडीको इन्चार्जमा डीएसपी सन्तोष आचार्यलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटालाई पठाइएको छ । बाँकेमा कार्यरत राजेन्द्र प्रसाद अर्याल बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा भएका छन् ।
सरुवा भएर पर्वत आएका श्यामु अर्याल विगत तीन बर्ष अघि जिल्ला प्रहरी कार्यालय पर्वतमा नै प्रहरी निरिक्षकका रुपमा कार्यरत रहेका थिए । यस अघि प्रहरी निरिक्षकको रुपमा काम गरेको जिल्लामा प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएपछि श्याम अर्यालले पर्वतको सुरक्षा व्यवस्थामा कस्तो परिवर्तन ल्याउन सक्छन् त्यो भने हेर्न बाँकी नै छ ।






