पर्बत, ३ साउन
जिल्ला प्रशासन कार्यालय मुस्ताङले अत्याधिक बर्षा भईरहेको उद्घृत गर्दै रात्रीकालिन समयमा सवारी अावतजावतमा पूर्ण रूपमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सुचना जारी गर्दै साउन २ र ३ गते राति ७ बजे देखि बिहान ५ बजेसम्म सडकयात्रा नगर्न सचेत गराएको हो ।

म्याग्दी कोरला सडक खण्ड अन्तर्गत बिभिन्न स्थानमा उच्च जाेखिम रहेको र बर्षाका कारण झनै जोखिम हुने भएकाले यात्रा नगर्न सुचना जारी गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारील बताउनुभयो ।
योसडक खण्डमा बिशेषगरी काभ्रेभीर देखि जोमसोम सम्म र जोमसोम देखि लोमान्थाङ सम्म बढी जोखिम रहेको छ । केही दिन अघि मात्रै घ्याकर खोलामा बाढी आउदा यातायात पुर्णरूपमा अबरूद्ध बनेको थियो ।
यता राष्ट्रिय बिपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणले पर्बत म्याग्दी लगायत २३ जिल्लालाई उच्च जोखिममा राखेर सतर्कता अप्नाउन अनुरोध गरेको छ । प्राधिकरणले परिस्थिति अनुसार जुनसुकै बेला सडक बन्द गर्ने निर्देशन दिएपनि मुस्ताङ भने उच्च जोखिम रहेका जिल्लाकोसुचिमा समाबेश छैन ।






