पर्बत, २ साउन
पर्बतको कुश्मा नगरपालिका ९ स्थित दोबिल्ला फलेवास सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
शनिबार दिउसो दोबिल्ला देखि फलेवास तर्फ जाँदै गरेको ध १ त ७२७३ नम्मरको ट्याक्टर दुर्घटना हुँदा चालक कुश्मा नगरपालिका ७ का २७ बर्षिय सुजन परियार र ट्याक्टरमा सबार कुश्मा नगरपालिका ९ का १४ बर्षिय शिशिर लामिछानेको मृत्यु भएको हो । गम्भिर घाईते भएका उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल पर्बतमा ल्याएको र अस्पतालले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्बतका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिनुभयो । सोही दुर्घटनामा परी स्याङजा जिल्ला अर्जुनचौपारी गाउपालिका ५ का २२ बर्षिय उदय सापकोटा सामान्य घाईते हुनुभएको छ । घाईते सापकोटाको उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटना के कति कारणबाट भयो भन्ने सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
नेपाल टेलिभसजन अनलाईनबाट






