पर्वत, ३ कार्तिक
पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीमा खौला लाँकुरी सामूदायिक विद्युतकिकरण समितिको पुनगर्ठन भएको छ । समितिको भेलाले तेज वहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । खौला ज्ञादी भुमेकोटको प्रांगणमा भएको आमभेलाबाट उक्त समिति चयन भएको हो ।
कुश्मा नगरपालिका १३ खौलालाकुँरीका वडाध्यक्ष तेजप्रसाद शर्माको प्रमुख आतिथ्तामा भएको भेलाले समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ओमप्रसाद शर्मा , सचिवमा तिलकवहादुर लामिछाने, सहसचिवमा टेकनारायण सुवेदी, कोषाध्यक्षमा कमला कुमारी शर्मा सहित ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
वडाध्यक्ष तेजप्रसाद शमाले संस्थाको गरिमालाई कायम राख्दै आगमी दिनमा समितिले समूदायको हितमा थप काम गर्ने विश्वास व्यक्त गर्नुभयो । शर्माले उपभोक्ताको विश्वास जित्नेगरि काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिनुभयो । उहाँले विद्युतको समस्या खौलालाँकुरीमा नहुने गरि काम गर्न पनि सुझाव दिनुभयो । कार्यक्रमका अवसरमा नेपाली कांग्रेसका वडा सभापति रामबहादुर नेपाली, नेकपा एमालेका वडाअध्यक्ष तिलकबहादुर लामिछाने, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, खौला पोखरा सम्पर्क समाजका उपाध्यक्ष शिवलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत समितिका उपाध्यक्ष हर्कबहादुर कार्कीले गर्नुभएको थियो ।
साधारणसभामा अध्यक्ष तेजबहादुर कार्कीले हालसम्मको आयव्यय प्रस्तुत गर्नुभएको थियो । अन्य स्थानमा रहेका सामुदायिक विद्युतिकरण उपभोक्ता समिति घाटामा रहेका बेला खौलालाँकुरी विद्युतिकरण उपभोक्ता समितिले झण्डै ३० लाख रुपैँया मौज्दात रहेको र उक्त रकम लगानीमा रहेको अध्यक्ष कार्कीले प्रतिबेदनमा खुलाउनुभएको थियो । उक्त अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।









