पर्वतको कुश्मा नगरपालिका ४ चिलाउने चौतारामा आयोजित महायज्ञको आयव्यय विवरण सार्वजनिक गरिएको छ । गायत्री शठकोष राधामाधव सत्सङ्ग आश्रममा २०७९ चैत्र ९ गतेदेखी १५ गते सम्म आयोजित स्वत्मानिरिक्षण भगवत प्राप्ती महायज्ञको आयव्यय सार्वजनिक गरिएको हो । यज्ञ सम्पादन मुल समितिका महासचिव कृष्णराज पौडेलले आयव्यय सार्वजनिक गर्नुभएको हो ।
पौडेलका अनुसार महायज्ञमा १३ लाख ८० हजार २ सय ९५ आम्दानी भएको र ८ लाख ३३ हजार ३ सय २ रुपैयाँ खर्छ भएको छ । आम्दानी तर्फ नगदी रसिद बाट ११ लाख ४४ हजार ६ सय ९५, कुश्मा नगरपालिका बाट २ लाख, चामल विक्री बाट ३५ हजार ६ सय भएको उल्लेख गरिएको छ । मुल समितिका संयोजक लोकनाथ आचार्यले सफलतापुर्वक यज्ञ सम्पन्न भएको बताउनुभयो । उहाँले महायज्ञ रकम संकलन गर्ने उदेश्य नभएर स्वाआत्मा निरिक्षण गर्ने अवसरका लागि आयोजना गरिएको बताउनुभयो । आचार्यले सबै निकायको सहयोगले यज्ञ सम्पन्न गर्न सहज भएको उल्लेख गर्नुभयो ।
भगवानको संकल्प गरेर महायज्ञ गरिएको भन्दै उहाँले भएको यथार्थ आयव्यय प्रस्तुत गरिएको आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा सरकारी कार्यालय, विभिन्न संघसंस्था, राधामाधव समितिका प्रतिनिधी, पत्रकार लगायत सहभागी हुनुभएको थियो ।







