पर्वत १३ माघ ।
पर्वत जिल्ला अदालतले कोभिड १९ को संक्रमण दर बढ्दै गएपछि अदालतबाट हुदै आएका सेवाहरु संकोचन गरेको जानकारी दिएको छ । अदालतले बुधबार एक विज्ञप्ति जारी गरी माघ १० देखि माघ १५ गते सम्मका लागि सेवा संकोचन गरेको जनाएको छ ।
पर्वत जिल्ला अदालतका श्रेष्तेदार रामबहादुर थापाले सुचना जारी गर्दै अदालतका कर्मचारीमा समेत कोभिडको संक्रमण भएका कारण सेवा संकोचन गरिएको जानकारी दिनुभयो । उहाँले यस अघि साप्ताहिक रुपमा तोकिएका पेशी सुचीहरु समेत स्थगित गरिएको जानकारी दिनुभएको छ । पर्वत जिल्ला अदालतले यो साता २६ वटा मुद्धाको पेशी तोकेको थियो । जसमध्ये माघ ९ र १० गतेको पेशीमा रहेका केही मुद्धामा सुनुवाई भएपनि त्यसपछिका मुद्धा सुनुवाई हुन सकेका छैनन् । सुचना बमोजिम माघ १५ गते सम्म पेशी तोकिएका मुद्धाहरुउपर माघ १८ गतेपछि मात्रै सुनुवाई हुने जानकारी दिइएको छ ।







